चुनाव आयो अनि चुनाव भयो पनि, अधिकांश प्रसन्न देखिन्छन् जता सुकै चुनावकै चर्चा परिचर्चा, चिया पसलको गफ फेसबूक सम्म आयो, कतिले यही गफलाई मुद्दा बनाए, आफुलाई पत्रकार पनि बनाए अनि पत्रकारिताको धज्जी उडाए । हाम्रा देशका अधिकांश युवा, देशका कर्णधारहरुको त्यही पुरानो चाल (हिन्दीमा “आपके जमाने मे बाप के मानसिकता”) । युवाहरु लम्पसार भएको देखें, आस्था प्रति होईन भक्ती प्रति । स्वामीको भक्ति प्रति, स्वामी जसले जिवनको केहि अथवा पुरै समय शक्ती स्थापनामा बिताए । कसरी बिश्वास गर्ने यो पुस्तालाई जहाँ अधिकांशको आचरण त्यही पुरानै गीत जस्तो छ ?
रेणु दाहालको किन यस्तो बिरोध होला ! के आज उनी तपाईंकै स्वामीको छोरी अथवा नातिनी भएको भए तपाईंले बिरोध गर्नु हुन्थ्यो होला ? एकचोटी आफनै स्वामीको घरतिर हेर्नु, तपाईंको स्वामीको छोराछोरीहरु कि त बिदेशमा छन कि त नेपालमा ठेक्कापट्टा गरी राखेका छन । सायद तपाईंहरुलाई म भन्दा राम्ररी थाहा होला उहाँहरुको कार्य र आचरण । कसरी आफ्नो बाबु बाजेको शक्तिको उपयोग गरेर उनिहरुले आफ्नो व्यापार व्यवसाय चलाई रहन्छन, त्यो चाहे जुनसुकै क्षेत्रमा होस ।
रेणु दाहाल प्रचण्डको पुत्री हुनु गलत हो वा चुनावमा उम्मेदवारी दिनु गलत हो ?
अनि तपाईं र तपाईंको पार्टीले चुनाव अगाडी नै प्रचण्डपुत्री भनेर प्रचार गर्नु चुनाब प्रक्रियाको के मान्यता राख्नु भएको हो ?
के उनी प्रचण्ड पुत्री हुनु बाहेक उनी नेपाली नागरिक होईन र ? दश बर्षको जनयुद्ध खेपेर आएकी होइनन र ?
हाम्रो आस्था फरक छ, हाम्रो बिचार फरक छ । मेरो आस्था माओबाद भन्दा धेरै नै फरक छ । म माओवादीको कार्यकर्ता पनि होईन र सायद मेरो भोट पनि त्यो पार्टी लाई जादैन होला । मेरो आवाज कुनै पार्टीको समर्थन वा बिरोधमा होईन । म केबल अहिले आत्तिएको हो किन भने हामीले हाम्रो अघिलो पुस्ताझै सधै शंका र दोष मात्रै देख्यौ भने कसरी हाम्रो उपलब्धी फरक हुन्छ होला ? कैले पश्चिमा मुलुक, कहिले भारत र चिनलाई गाली गर्छौ, कहिले फरक बिचारलाई, कहिले अर्कै पिढीलाई त कहिले फरक समुदाय लाई । हामी फरक हौं, हाम्रा बिचार फरक छन, हाम्रो आदर्श फरक छ । सम्मान गरौं आफुलाई आफ्नो विचारलाई त्यसै गरि सम्मान गरौं अरुलाई र अरुको विचारलाई ।
गणतन्त्रात्मक देशमा चुनावमा जो पनि उम्मेदवारी दिन पाँउछ । यदी कसैले जित्छ भने बहुमत ले मान्यता दिएको बुभ्नु पर्छ, काम गर्न दिनु पर्छ । हार्यो भने फेरी अर्को चुनाव आउँछ, तयारीका साथ उम्मेदवारी दिन पाँउछ । तर सधैं निर्णय जनताकै हुन्छ, हामीले त्यसको सम्मान गर्नुपर्दछ । रेणु दाहाल यसमा अपवाद हुन सक्दिनन । हामी आफैले पनि आफ्नो सम्पूर्ण ज्ञान, सिप अनि कौशलताको साथ परिश्रम गर्ने हो, अनि अरुको लागि पनि वातावरण बनाउने हो भने साच्चै सकारात्मक परिवर्तन सम्भव छ । हामी सबैको उद्देश्य एउटै हुनुपर्छ असमानताको अन्त्य, अनि समान बिकाश । यो देश युवा पिढीले तब मात्र बनाँउछ जब उसले आफ्नो गल्ती स्विकारेर सुर्धान लाई अगाडी बढ्छ।
Official Shailendra Jha kai lekh ho ni.
Good to read!
Hey bro
I published new blog. Would be glad to get your feedback.