जीवनको निरन्तर दौडमा अनुशासासित हुनुको विकल्प कैल्यै रहेन। चार कोठे भवनको मर्यादाले सधैं आफ्नो कर्म नै धर्म भएको व्यतित गरिरहेँ। सानो हुँदा कक्षाकोठा अनि ठुलो हुँदा कार्यालय, त्यहि चार कोठे हुन गयो मेरो लागि। यस्तो हुनुमा कुनै गुनासो रहेन। तर जीवन यति मै सिमित भएको भए, सायद मानब हुनुको जुन आनन्द अनुभव गरेँ त्यो कहिले पनि गर्दैन थिएँ होला। जीवनलाई एक निश्चित मर्यादा भन्दा माथि लग्न सकेको अनुभूति हाम्रो चाड-पर्व ले सधै मलाई गराई रह्यो।
होली, दीपावली (तिहार), दशहरा (दशैं), छैठ, चौर्चन, जितिया, देवुठान, समा-चकेवा, मदुश्रामी, कोजेग्रा, राखी, भर्जुतिया (भाईटिका) , संक्रान्ति जस्ता अनेकौं पर्व परिवार, साथी-बन्धु र आफन्तसंग सानैदेखि मनाउँदै आएँ। अनेकौं देबी-देवताको सम्झनाका महत्वपूर्ण चाड र जात्रा, लोसार, ईद , इस्टरसंगै क्रिसमस मिस्त्रित समुदायको अंग भएर यसको महत्व र आस्मिताको आनन्द पनि लिन पाएँ। जुन धर्म र समुदायको हुँदा पनि र जे पर्व मनाए पनि, सबैले दिन खोजेको संदेश भने मैले एउटै पाएँ – सत्यको विजय अनि परिवार,आफन्त र सामाज संगै हर्षोलासको आनुभूति ।
बैसाख १ गते सधैँभरि नेपाली नयाँ वर्षको रुपमा बाहिर गएर मनाउन मज्जा गर्ने वा र संक्रान्तिको रुपमा परिवार र आफन्त संग पूजाआजा गरेर मनाउँदै आएको थिएँ। तर यो वर्ष घरमै हामी दुई दम्पति बस्यौं। बाहिर संसारमा जान नसके पनि हामी एर्काले आफ्नो संसार मान्नुको मज्जा पनि झन मनमोहक भयो। समय बित्दै जाँदा बिस्तारै अनुभव हुन थाल्यो, सायद अब केहि समय यसरि नै घर भित्र सिमित हुनुको विकल्प छैन र बाहिरी संसारसंग भर्चुअल माध्यमले मात्रै जोडिन सकिन्छ। सात महिना बढि भैसक्यो यसरि सामाजिक दुरी कायम गर्दै सिमित रुपमा बाहिरिँदै जीवन अगाडी बढाई रहेको। फर्केर हेर्दा केहि अवसर वा चुनौति, केहि सकारात्मक वा नकारात्मक , केहि खुसि वा दुखिको मिश्रण नै पाउँछु। यहि असामान्य परिस्थिति नै नयाँ सामान्य परिस्थिति हो भनेर आफूलाई बुझाउँदै गर्दा दशैँको आगमनले न्यास्रो बनायो। बाल्यकालदेखि आजसम्म दशैँमा सबै संगै भएर रमाइलो गरियो। घरभन्दा टाढा प्रदेशमा पनि दशैँमा हामी सबै नेपालीसंगै भएर मनाएको सम्झना सारै नै सौहार्द्रपूर्ण लाग्छ।
यहि सबै कुरा सोच्दै गर्दा यो खाली समयमा आफ्नो बाल्यकालदेखि आजसम्मको आनुभव सम्झन पनि पाएँ। फर्केर हेर्दा आफ्नो घरभन्दा बाहिर र देशभन्दा टाढा हजारौं हजार व्यक्तिलाई भेट्ने मौका पाएँ र हरेक भेटाइमा आफ्नोपनको आनुभूति पाएँ। उहाँहरूमध्ये कोहिसंग पनि परिवारको नाता थिएन तर परिवार भन्दा कम स्नेह पाइनँ। उहाँहरुसंग केवल एक नाता थियो, त्यो नाता हो राष्ट्रियतको नाता, नेपालीपनको नाता। सारै गहिरो र सारै मार्मिक रै’छ यो नाता।
तर यो वर्ष दशैँ, तिहार, छठ मात्रै नभएर ल्होसार हुँदै क्रिसमससंगै नयाबर्ष देखि माघे संक्रान्तिसम्मै यस्तै परिस्थिति हुनेछ। हामीले चाहेर पनि चाड-पर्वमा समाजमा घुलमिल गरेर हर्षोल्लासको साथमा मनाउने परिस्थिथि हुँदैन। तर हामी यो परिस्थिथिमा न्यास्रो नभैकन चाड-पर्वको मनोभावलाई जीवित राख्न सक्नुले नै हामीलाई थप उर्जावान र सकारात्मक बनाउँछ।
यहि चाड पर्वको मौसममा, म कार्यरत संस्था “टिच फोर नेपाल” संगै १०,००० विद्यार्थीलाई अँध्यारोबाट शिक्षाको उज्यालोतर्फ़ डोर्याउन तपाईहरु सबैलाई यो वर्ष समतामुलक शिक्षाको निम्ति आवद्ध हुँदै “The Season of Giving” लाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दै छु।

आज यो अभियानमा तपाईहरुलाई आमन्त्रित गर्दा मैले गौतम बुद्धको भनाइलाई अनुसरण गर्न खोजें, “The power of giving: Before giving the mind of giver is happy, while giving the mind of giver is peaceful and having given the mind of giver is uplifted – Gautam Buddha “।
यसमा आवद्ध हुन तपाईले सोझै लिंकमा गएर “Learn & Donate Here” आर्थिक योगदान गर्न सक्नु हुनेछ। यो बाहेक तपाईले म संग एउटा भर्चुअल अन्तरक्रिया कार्यक्रम संचालन गर्न सक्नु हुनेछ। यसमा हामीले तपाईको साथी-सङ्गी, आफन्त र अरु नेटवर्कलाई आमन्त्रित गर्दै टिच फर नेपाल आभियान र यसमा उहाँ हरुले गर्न सक्ने योगदानको बारेमा छलफल गर्न सक्ने छौँ। यस आन्तर्क्रियाले सहभागी मित्रहरुलाई , “नेपाली शिक्षामा अभाव, सकारत्मक परिवर्तन अनि हामी सबैको सहकार्यको आवश्यकता” सम्बन्धि जानकारी गराउने छ।
आज फेरी पनि हामी सबै चाड-पर्वको मनोभावलाई जीवित राख्दै संगै जुटौं र सबै नेपाली बच्चाले समता मुलक शिक्षा पाउन सक्ने धरातललाई सुदृढ पारौं भन्दै सुभकामना दिन चाहन्छु, धन्यवाद !
Shailendra Jha
Connect through Facebook
Connect through Twitter
Connect through WhatsApp/Viber : +977-9851146896