सन् २०१२ को मध्ये तिर होला, मेरो औपचारिक पढाई सकी सकेको थियो । तर मेरी श्रीमती (त्यति खेर हामी साथी मात्रै थियौं) एक अनुसन्धान केन्द्रसंग डिसेम्बरसम्म अनुवन्धित भएको हुनाले, हामीले ७-८ महिना जर्मनी नै बस्ने निधो गर्यौ। विविध सामाजिक र सांस्कृतिक कार्यक्रमहरू जर्मनीको फ्रैंकफर्ट वरपर नेतृत्व गरेको हुनाले म नेपाली डायस्पोरा र विद्यार्थीहरूसँग नजिक थिएँ […]
