कमजोर अवस्था रहेको छ पुरै देशको – पूर्वाधारको कमि अनि सामाजिक खाडल पनि उस्तै। कुनै पनि विपद र संक्रमणसंग जुध्नको लागि धेरै नै कम प्रविधि र पूर्वाधार छ। शिक्षा र स्वास्थ्यको आवस्था उस्तै जटिल छ। १०-१५% मध्ये आय भएको नेपालीले जसो तसो गरी गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुबिधा नेपाल मै बसेर पाउन सक्छ। अधिकाम्श नेपालीको आयले दिगो समयसम्म टेवा पुर्याउन सक्दैन।हामी निर्यात धेरै नै कम गर्छौं, अनि आयात उस्तै धेरै गर्छौ। तसर्थ हाम्रो परनिर्भरता धेरै छ। नेपालमा रोजगार नभएर होस् वा काम गर्ने वातावरण नभएर, विदेश पलायन हुने जमात उस्तै छ। पढे लेखेकाहरु अमेरिका, युरोप र अस्ट्रेलियामा बस्न रहर गर्छन् अथवा वाध्य छन्। त्यस्तै मोटामोटि औपचारिक रूपमा १५ लाख नेपाली खाडी मुलुक र मलेशियामा छन् भने अनौपचारिक रूपमा २० लाखभन्दा पनि बढी नेपाली भारतमा आप्रवासी कामदार सरह काम गरिराखेका छन्।
हिजो आँखा चिम्लेर आधिकाम्श नेपालीले विश्वास गरेको केपी ओलीले समृद्धि ल्याउन सकेनन् भनेर कतिले गुनासो गरेको सुन्छु। । उहाँको विकल्प को त ? शेर बहादुर देउवा ? माधव कुमार नेपाल ? प्रचण्ड? वा बाबुराम भट्टराई ? वा संविधान संशोधन गरेर वामदेव गौतम ? वा यी खस आर्य बाहेक नयाँ आनुहर खोज्ने ! उपेन्द्र यादव वा बिजय गच्छेदार ? यी मध्ये सत्तामा नबसेको को होला ! सत्ताको खेल खेल्न सक्नेले समृद्धिको नौलो आयाम के-के ल्याउन सके त ? कसैले यो पनि भन्लान् जसरि जनजातीको नेतृत्वले सिक्किम विकसित भयो, नेपालमा पनि जनजातीले नै नेतृत्व गरे अवश्य पनि देश विकास हुनेछ। कसैले भन्लान् महिला नेतृत्वले नयाँ आयाम ल्याउन सक्छ । कसैले युवा पुस्ताको नेतृत्वले देशमा नयाँ उर्जा आउने छ। तर आजसम्ममा कुनै जात-जाति, वर्ग, लिङ्गको व्यक्ति मन्त्रि भएको छैनन् र ?अनि युवा नेतृत्वले निष्पक्ष रुपमा कस्तो-कस्तो मुद्दालाई आत्मसाथ गरेर समर्थन गरेको पाइन्छ ? अधिकार भएको बेला केहि गर्न नसकेका र मन्त्रि भएर आमुल परिवर्तन गर्न नसकेकाले कसरि प्रधानमन्त्रि हुनासाथ देशको काया पलट गर्नेछन् ?
हाम्रो परिवार, हामी हुर्केको समाज, हाम्रो इतिहास र अवश्य पनि देश र राजनीति संगै अरु धेरै कुराको उपज हो, हाम्रो मूल्य-मान्यता। हाम्रो शिक्षा र अनुभवले हाम्रो मूल्य-मान्यता अझै धेरै परिपक्व बनाउनु पर्ने हो। नयाँ पुस्तासंग नयाँ आशाहरु गर्नु पनि स्वभाबिक नै हो । तर मूल्य-मान्यता भन्दा पनि यदि कसैले निहित चासोलाई नै प्राथमिकता दिन्छ भने त्यहाँ शिक्षाले केहि गर्न सक्दैन । शिक्षाले हाम्रो ज्ञान बढाउने हो, क्षमतावान बनाउने र सकारात्मक मानसिकता आभिब्रिधि गराउने हो। तर निहित चासोको बन्धक भएको व्यक्ति शिक्षित हुनु वा युवा हुनु जे भए पनि केहि नयाँ गर्न सक्ने होइन। यतार्थमा पढाईमा अब्बल भएकै व्यक्ति जो क्षमतावान पनि छ, तर संगै संकीर्ण मानसिकताको भैदियो भने त्यो विद्वानले पनि दीगो सम्वृद्धि ल्याउन सक्दैन। यसलाई प्रमाणित गर्न देश र विदेशको धेरै शासकको उदहारण लिन सकिन्छ। त्यसैमध्ये एक उदाहरण नाजीहरुको लिन सकिन्छ; जो विज्ञान र प्रविधिमा धेरै नै निपूर्ण थिए तर संकीर्ण मानसिकताले ४० लाखभन्दा बढी यहुदीहरुलाई मार्न पुगे दोस्रो विश्व युद्धमा । त्यहि विश्व युद्धमा मोटामोटी ७ करोड मानिसले विज्ञान र प्रविधिको गलत उपयोगले गर्दा ज्यान गुमाउनु पर्यो।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा हामीलाई न्युनतम रुपमा के चाहिएको छ ? गाँस, बास कपासको सुनिनिश्चितता, त्यस पश्चात सामाजिक र अन्य सुरक्षा अनि आत्मसम्मान। जति नै विविधता भए नि सम्मानजनक रुपले सबै अटाउन सक्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल हामीले रोजेका हौं। हाजारौं वर्ष पुरानो अभाव र असमानता , नेपाल देश नै बन्नु अघिको अभाव र असमानता र नेपाल बनि सकेपछि पनि निरन्तर रहेको अभाव र असमानता , आज जो कोहि पनि प्रधानमन्त्रि र राष्टप्रमुख हुँदैमा रातारात परिवर्तन हुने छैन।
तर अन्धो, बहिरो संवेदनहीन बादबिबादमा निपूर्ण सरकारले कहिले पनि यो देशमा समृद्धि ल्याउन सक्दैन। फरक मतको सम्मान गर्न नसक्नेले कहिले पनि प्रजातन्त्रको मर्म बुझ्न सक्दैन। आसेपासेको विश्वास मात्रै गरेर निर्णय लिनेले समाबेसीको गहनता कहिले पनि महसुस गर्न सक्दैन। अनि राजनीति सत्ताको लागि गर्नेले देश विकास कहिले पनि गर्न सक्दैन। मैले अनुभव गरेको सबै जसो नेतृत्व कर्ताको एउतै आचरण हो – आज जुन आचरण माननीय प्रधानमन्त्रि को छ, हिजो अरु प्रधानमन्त्रि हुँदा पनि त्यस्तै आचरण देखेका थियौं। त्यति खेर तालि बजाउने अधिकांशले आज गाली गरिराखेका छन्, अनि अस्ति गाली गर्नेले आज ताली बजाई राखेका छन्। तालि बजाउने र गाली गर्नेले व्यक्तिलाई हेरे , पार्टीलाई हेरे तर कामको आधारमा मुल्यांकन गर्न चुके।
वर्तमान समयमा अनिश्चितताको कारणले आक्रान्त भएको अधिकांश जनासुम्दयको भावनाको कदर नगरेर बहुमत को दम्भ अनि सत्ता को खेलमा ब्यस्त भएका नेतृत्व संग मैले आश गर्नु केहि छैन। काठमाडौँ र देशै भरि का युवाहरुको रोई-कराई, आसमताको नीति ले पछि पर्ने मधेशको त्राश, सिमान्कृत समुदाय को पिडा साथै आधिकाम्स आम नेपाली जनताको बेदना नसुन्ने प्रधानमन्त्री र राजनीतिक दल/नेताको सत्ता दौड ले हामी निराश छौँ।
हामी सबै बिकाश र समृद्धि ल्याउन आतुर छौँ। भूत र वर्तमान कालका आधिकाम्स नेतृत्वकर्ता पनि बिकाश र समृद्धि ल्याउन नचाहेको होइन। तर आसमताको खाडललाई यथावत निरन्तरता दिंदै वा हाम्रो नीति, नियम र कार्य ले झन् धेरै आसमता बढाउन्छ भने समृद्धि आउंदैन। समृद्धि आइहाल्यो भने पनि दिगो रह्न्दैन।
बिकाश को बाधक असमता मात्रै नभएर हाम्रो संकोचित मानसिकता पनि हो। हामी बाहेक र हामी भन्दा फरक समुह सबै दलाल र माफिया नै हो भन्ने मानसिक्ता नै अर्को ठुलो बाधक हो देश बिकाश को।
सफल नेतृत्व र सकारात्मक परिवर्तनको लागि आलोचनात्मक र सकारात्मक आचरणको आवस्यकता हुन्छ। तर नेतृत्वमा पुग्ने संकोचित मानसिक्ता भएको जोकोहि ले आमुल परिवर्तन गर्ने सम्भावना न्यून रहन्छ। के.पी. ओली प्रधानमन्त्री हुन् वा दौड मा रहेका जो कोहि पनि प्रधान मन्त्रि हुन् अनन्त: केहि फरक पर्दैन। आजको सम्भावित नेतृत्वकर्तालाई हेर्दा – सत्ता कै वरिपरि घुमेको मात्रै देखिन्छ ।
बर्तमान परिस्थितिमा प्रधानमन्त्री को विकल्प जो नि हुन सक्छ तर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल जीवित रहनु को विकल्प छैन। दोस्रो बिश्व युद्ध पश्चात संसार भरिकै राष्ट्रको राजिनिती मूल्य मान्यता र शासन पद्धती परिवर्तन हुँदै गयो। धेरै राष्ट्र का नेतृत्व र जनता ले चाहँदा चाहँदै पनि लोकतन्त्र स्थापित गर्न सकेनन। उपनिवेशीकरण र निरंकुष शासन को विकल्प अर्को निरंकुष पधत्ति हुन गयो। यहि कारण ले ति राष्ट्रहरु मा गृहयुद्ध, बिद्रोह र आशान्ति ले गर्दा अस्थिरता निरन्तर रुप मा छ।
लोकतन्त्र एक प्रगतिशिल पद्धती हो, जहाँ सबैले समताको आनुभुति गर्न पाउनु पर्छ। तर हजारौं बर्ष पुरानो विभेदपूर्ण परम्परा र सयौं बर्ष पुरानो शासन आभ्याश , प्रणाली परिवर्तन हुँदै मा राता रात नया संस्कार अंगाल्ने बातावरण पनि बन्दैन। हामी सबै को लागि लोकतन्त्र नया आभ्याश हो। यो प्रणाली स्थिर हुन, न्याय मुलक, समता मुलक समाज बन्न समय लाग्ने छ।
प्रथम समिधानशभाको चुनाब देखि आज सम्म विश्लेषण गर्दा राम्रा नराम्रा धेरै पक्ष होलान। तर सबै भन्दा सकारात्मक चाहिं हाम्रो समाजमा सहिष्णुता बढ्नु र प्रगतिशील जमातको वृद्धि हुनु हो। महिला, दलित, मधेशी, जनजाती, न्युनतम आय र सम्पूर्ण सिमान्कृत समुदायको आधिकार को लागि संबेदनशील भएर बोल्ने आवाज र कर्म गर्ने आभियानता, समाजको हरेक कुना बाट निरन्तर रुपमा सिर्जित भैरहेको छ। एक दसकको नया आभ्याश “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल” को उपलब्धि नै यहि हो।
आउँदो १-२ दसक सम्म देशको अधिकाम्स नेतृत्व परम्परागत सोच र संकोचित्त मानसिकता का हुने छन्। उहाँ हरु संग धेरै नबिन परिवर्तन को आपेक्षा नगरेकै बेश हो। हाम्रो नेतृत्वले लोकतन्त्रलाई जीवित गर्न सक्नु नै ठुलो चुनौती हुने छ। त्यसैले प्रधानमत्री वा रास्ट्रपति परिवर्तन होइन, स्थिरता को पक्षमा उभिदै लोकतन्त्र जोगाउनु नै हाम्रो प्राथमिकता हुनु पर्छ।
नेतृत्व लाई सचेत गर्न हाम्रो भूमिका सडक देखि सदन सम्म, चुनाब देखि हेल्लो-सरकार सम्म, गाउँ देखि सहर सम्म सक्रिय हुनु पर्ने छ। हामीले एकजना सर्वोच्च नेतालाई खोज्नु भन्दा पनि हामी आफै भित्रको जिम्मेवार नेतृत्वलाई खोज्नु पर्ने छ। त्यसैले नेता, पार्टी, दर्शनको पछि मात्रै नलागेर निरन्तर रूपमा हामी जनताले मात्रै जब आफ्नो जिम्मेबारी देखाउने छौं , पुरै देश आगाडी बढ्ने छ। अहिले को लागि केहि ठुलाठुला परिजनाले भन्दा पनि धेरै सानोसानो प्रासंगिक नवीनताले छिटो र सरल रुपमा दिगो परिवर्तन ल्याउने छ।
मेरो आश पनि यहि प्रगतिशील आमनागरिक र विभिन्न छेत्रका नेतृत्व संग हो। यहि सानो सम्हु ले निरन्तर रुप मा कर्म गर्न एक अर्का लाई उर्जावान बनाउनु पर्ने छ। आज देशमा यहि प्रगतिशील समुहको संख्या ब्रिधि हुनु को विकल्प छैन। जब लोकतन्त्र विकल्प बिहिन हुन्छ, प्रगतिशील समाजको अग्रसरता मा बिभेत पूर्ण समाजको अन्त्य पनि सुनिस्चित हुँदै जान्छ।